एमसीसी राष्ट्रघाती हो, यसलाई कुनै पनि हालतमा रोक्नुपर्छ : प्रभु साह



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि हालतमा एमसीसी रोक्नुपर्ने बताएका छन् । दीपावली तथा छठ पर्वको अवसरमा आज फतुवा विजयपुर नगरपालिका(३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै नेता साहले एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले यसलाई लागु गरे देशमा द्वन्द्व निम्तिन सक्ने भन्दै सचेत गराएका हुन । कम्युनिष्टको खोल ओढेका माधव र प्रचण्डहरुले जनतासंग गद्दारी गर्दा प्रतिकृयावादी कांग्रेसको पुच्छर बनेर एमसीसी पास गर्ने गरेको षडयन्त्र जनताले रोक्नुपर्ने नेता साहको आह्वान छ ।

ूतपाईहरु हेर्न सक्नुहुन्छ अहिले देशमा एमसीसी सम्झौता गर्नका लागि सरकार लालायित छ । केही अर्व पैसा अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु सामु नत्मस्तक छ । कांग्रेस मात्र होइन कम्युनिष्ट खोल ओढेका माधव र प्रचण्डहरु पनि र उपेन्द्र यादव एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन्।ू नेता साहले भने, ूदेशलाई द्वन्द्वमा फसाउने यो राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा रोक्नुपर्छ । यसका लागि सम्पूर्ण देशभक्त जनता एकताबद्ध हुनुपर्छ । हामी राष्ट्रियता जोगाउन, मुलुकको अस्मिता जोगाउन सधै अग्रमोर्चामा छौँ र रहन्छौ ।ू

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुश्वहा, नेता त्रिभुवन साह, एमाले जिल्ला सचिव मनोज यादव, फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख एवम् नेत्री कान्ति देवी महतो, सो वडाका वडाध्यक्ष ब्रह्मा नारायण यादवलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...