माधव नेपालको पार्टी अवैध हो, महाधिवेशनमा बोलाउँदैनौं : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा देशका सबै दलहरूलाई निम्ता दिए पनि हालै आफूबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई भने नबोलाउने भएको छ । महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवैध ढंगले अध्यादेशमार्फत जन्माइएको पार्टीलाई मान्यता नदिएको भन्दै नेकपा एसलाई नबोलाउने बताए ।

भट्टराईले एकीकृत समाजवादीको पहिचान नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको भन्दै राजनीतिक दलहरुको अवैध सम्बन्धमा बनेका समूहलाई एमाले महाधिवेशनमा नबोलाइने बताए ।  महाधिवेशनबाट नयाँ नेतृत्व र शक्ति स्थापित हुने दावी गरेको छ । केन्द्रीय प्रचार विभागले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनपछि एमाले अझ बलियो बन्ने बताए ।

महाधिवेशनको तयारी चलिरहेको बेला एमालेले हालसम्म भएका कामहरुको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा हालसम्म भएका तयारी र प्रतिनिधि चयनको प्रक्रियाबारे प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिएका थिए ।

महाधिवेशन सम्बन्धी कामका लागि विभिन्न समितिहरु गठन भएका छन् । महाधिवेशनमा देशभित्रका २२ वटा जनसंगठनबाट पाँच पाँच जना र भारत, अमेरिका, यूरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि बन्न पाउने भएका छन् ।

 

हेर्नुस् एमाले महाधिवेशनको तयारीबारे पार्टीले जारी गरेको विज्ञप्ति:

     

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...