माधव नेपालको पार्टी अवैध हो, महाधिवेशनमा बोलाउँदैनौं : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा देशका सबै दलहरूलाई निम्ता दिए पनि हालै आफूबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई भने नबोलाउने भएको छ । महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवैध ढंगले अध्यादेशमार्फत जन्माइएको पार्टीलाई मान्यता नदिएको भन्दै नेकपा एसलाई नबोलाउने बताए ।

भट्टराईले एकीकृत समाजवादीको पहिचान नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको भन्दै राजनीतिक दलहरुको अवैध सम्बन्धमा बनेका समूहलाई एमाले महाधिवेशनमा नबोलाइने बताए ।  महाधिवेशनबाट नयाँ नेतृत्व र शक्ति स्थापित हुने दावी गरेको छ । केन्द्रीय प्रचार विभागले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनपछि एमाले अझ बलियो बन्ने बताए ।

महाधिवेशनको तयारी चलिरहेको बेला एमालेले हालसम्म भएका कामहरुको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा हालसम्म भएका तयारी र प्रतिनिधि चयनको प्रक्रियाबारे प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिएका थिए ।

महाधिवेशन सम्बन्धी कामका लागि विभिन्न समितिहरु गठन भएका छन् । महाधिवेशनमा देशभित्रका २२ वटा जनसंगठनबाट पाँच पाँच जना र भारत, अमेरिका, यूरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि बन्न पाउने भएका छन् ।

 

हेर्नुस् एमाले महाधिवेशनको तयारीबारे पार्टीले जारी गरेको विज्ञप्ति:

     

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...