एमालेसँग सिंगल-सिंगल भिडेने हो : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता गगन थापाले एमालेसँग एक्लै चुनाव लडेरै कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता थापाले एक्लै चुनाव लड्न आउन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको चुनौतीको जवाफ दिएका हुन् ।

‘सिंगल-सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल नै लडेर कांग्रेस सबैभन्दा ठूलो पार्टीको भएको थियो । अब त झन् एमालेलाई कुचो लगाएर बढार्ने हो । कतै धुलो अड्केको रहेछ भने भ्याकुम लगाउने हो’, थापाले भने । उनले एमाले राजनीतिक पार्टी नभएर ‘केपी ओलीको प्राइभेट लिमिटेड’ भइसकेको आरोप लगाए ।

गुण्डु एमालेका युवा नेता महेश बस्नेतको गाउँ हो । उनी साबिक गुण्डु गाविसबाट २०५४ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए भने अहिले सो क्षेत्रका सांसद छन् । यसअघि कांग्रेसले महेश बस्नेतकै गाउँमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत लगेर भाषण गराएको थियो ।देउवाले त्यसबेला महेश बस्नेतलाई आफूसँग होइन भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका थिए ।

‘एमालेमा फरक मत राख्ने भीम रावल र धनश्याम भूसाल छन् । उनीहरूको पनि त्यहाँ केही चल्दैन । एमाले पार्टी होइन ओली प्राइभेट लिमिटेड भइसकेको छ’, थापाले भने । जनताले विश्वास गरेर दिएको मतको सम्मान गर्न नसकेर संविधानमाथि प्रहार गरेकाले एमाले हराउनुको विकल्प नभएको थापाको भनाइ छ । फरक प्रसंगमा थापाले कांग्रेसले मंसिरमा महाधिवेशन सकेर पुस २ भित्र निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...