प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) साइडलाइनमा उनीहरुबीच भेटवार्ता भएको हो ।

सो भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।

 

देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरुको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो । सो क्रममा आफूहरुबीच हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्न र दिगो विकासमा सहकार्य गर्नेबारे छलफल भएको देउवाले जनाएका छन् ।

देउवा र मोदीले मिलेर जलवायु संकटविरुद्ध लड्ने प्रतिबद्धता जनाएको जनाइएको छ । मोदीले पनि ट्वीटरमार्फत दिगो विकासको क्षेत्रमा मिलेर कार्य गर्ने बताएका छन् । नेपाली समकक्षीले ग्लास्गो सम्मेलनमा हिमालमा जलवायु संकटलाई महत्वका साथ उठान गरेको मोदीले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...