प्रचण्डलाई मान्दैनौँ, रुखमा बाहेक अन्यत्र भोट हाल्दैनौं : जीतनारायण श्रेष्ठ, कांग्रेस सभापति चितवन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मुल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ । नारायणगढमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै श्रेष्ठले प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको हो । १० वर्षसम्म कांग्रेससँग गठबन्धन हुन्छ भन्दै रेणुका लागि भोट मागे, पार्टीको केन्द्रीय निर्देशन मान्यौं, रेणुले चुनाव जितेलगत्तै काठमाडौं पुगेर ओलीसँग हात मिलाए, चितवन कांग्रेस अब झुक्किँदैन, म फेरि भन्छु, चितवन कांग्रेसले रुखमा बाहेक अन्यत्र भोट हाल्दैन,’ सभापति श्रेष्ठले भन्नुभयो ।

स्थानीय तहको चुनावमा कांग्रेस(माओवादी गठबन्धन गरेर भरतपुर महानगरमा मेयरमा रेणु दाहाललाई जिताउन कांग्रेस लागेको थियो । सभापति श्रेष्ठले अव त्यस्तो नहुने ठोकुवा गर्नुभयो । ‘प्रचण्डको रणनीति बुझ्यौं, जसरी झुक्काइयो, अब झुक्किन्नौं, रुखमा बाहेक अन्यत्र भोट हाल्दैनौं भन्दा प्रचण्डलाई ज्वरो किन आउनुपर्यो ?’ श्रेष्ठले भन्नुभयो ।

यही कात्तिक १२ गते प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि कांग्रेस कार्यकर्ता खुशी हुनुको साटो लखेट्ने कुरा गर्नु विडम्बना भएको भन्दै आक्रोश पोख्नुभएको थियो । सो बिषयमा चितवन कांग्रेसका सभापति श्रेष्ठले जवाफ फर्काउनु भएको हो । उहाँले माओवादी अध्यक्ष प्रचण्डको चुनाव चिह्नको भर नै नभएको भन्दै व्यङ्ग्य गर्नुभयो । प्रचण्डलाई भ्रम होला, कहिले सूर्य, कहिले नेकपा, कहिले हसिँया हथौडा बोकेर हिड्नुहुन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘सर्लाहीमा पुग्यो समाजवादीसँग गठबन्धन हुन्छ भन्नुहुन्छ, जेजे मन लाग्छ पार्टीमा गर्दा हुन्छ, हाम्रो पार्टीले कसैसँग गठवन्धन गर्दैन ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...