एमाले महाधिवेशन प्रतिनिधि हुन यस्तो छ मापदण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले महाधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको प्रावधानलाई स्पष्ट पारेको छ । कात्तिक १२ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) १३ जारी गर्दै महाधिवेशनमा तीन प्रकारका प्रतिनिधि हुने जानकारी दिनुभएको हो । अपानीमा जनाइए अनुसार महहाधिवेशनमा पदेन, भौगोलिक र मनोनीत गरी तीन प्रकारका प्रतिनिधि हुनेछन् ।

पदेन प्रतिनिधिहरुमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरु, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरु र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरु रहनेछन् ।

सबभन्दा ठूलो संख्या रहने भौगोलिक प्रतिनिधिहरु निम्न अनुसार हुनेछन् :
– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरु मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने प्रतिनिधि ।

– प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिलासहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सोपछि प्रत्येक ८०० मा थप १/१ जना तर हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुनेछ ।

– देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिलासहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० सदस्यसम्म मा थप १ जना तर हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुनेछ ।

– देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि । सो संख्यामा थप ५०० सम्म सदस्य थप भएमा १ जना महिला अनिवार्य र सो पछि प्रत्येक ५०० मा महिलाको एकतिहाई हुनेगरी १/१ जनाको दरले प्रतिनिधि छनौट गर्ने ।

– भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रनितनिधि ।

– भारत, अमेरिका (क्यानडा समेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरुबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले निर्वाचित हुने ३० जना प्रतिनिधि ।

– पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरुबाट निर्वाचित हुने कम्तिमा २ महिलासहित ५ जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरु विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने ।

एमालेले आफ्ना २२ वटा जनसंगठनलाई पनि प्रत्येक संगठनबाट २ जना महिलासहित ५ जनाका दरले प्रतिनिधि छनौट गर्न भनेको छ ।

सल्लाहकार परिषदलाई मताधिकार नहुने

केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष स्थायी कमिटीको पदेन सदस्य रहेकोले आयोजक हुने हुँदा सल्लाहकार परिषदका अन्य पदाधिकारी समेत सदस्यहरु मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि ।

सल्लाहकार परिषदका अन्य सदस्यहरु राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उहाँहरुलाई मताधिकार नहुने ।

यी बाहेक केन्द्रीय कमिटीले बढीमा ५ प्रतिशत प्रतिनिधि मनोनित हुने व्यवस्था गरेको छ । सबै गरेर बढीमा १ हजार ९ सय ९९ जना दशौं महाधिवेशनका प्रतिनिधी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...