प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजीनामा



हाम्रो इकोनोमि

 

 

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने भएका छन् । एमाले शीर्षस्थ नेताहरुसँगको छलफलपछि आचार्य राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । विश्वासको मत नपाउने निश्चित भएपछि आचार्यले राजीनामा रोजेका हुन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् ।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

गत भदौ १० गते प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको रुपमा चयन भएका आचार्यले गत कात्तिक ७ मा विश्वासको मत समना गर्ने मिति तोकिएको थियो । तर, कांग्रेस र एमालेले पत्र लेखेर संसद स्थगन गर्न माग गर्न आग्रह गरेपछि आचार्यले विश्वासको मत लिएनन् ।

हाल प्रदेश १ का ९२ सांसदमा सत्ताधारी एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन ४७ संख्या आवश्यक पर्छ । जुन मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अभाव देखिन्छ । विपक्षी गठबन्धनका ५० सांसदमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस)का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक रास्ट्रिय मन्चका १ छन् । एक सिट भएको राप्रपाले भने सत्ताधारी र विपक्षी कुन कित्तामा हुने भन्ने औपचारिक निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...