प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजीनामा



हाम्रो इकोनोमि

 

 

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने भएका छन् । एमाले शीर्षस्थ नेताहरुसँगको छलफलपछि आचार्य राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । विश्वासको मत नपाउने निश्चित भएपछि आचार्यले राजीनामा रोजेका हुन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् ।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

गत भदौ १० गते प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको रुपमा चयन भएका आचार्यले गत कात्तिक ७ मा विश्वासको मत समना गर्ने मिति तोकिएको थियो । तर, कांग्रेस र एमालेले पत्र लेखेर संसद स्थगन गर्न माग गर्न आग्रह गरेपछि आचार्यले विश्वासको मत लिएनन् ।

हाल प्रदेश १ का ९२ सांसदमा सत्ताधारी एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन ४७ संख्या आवश्यक पर्छ । जुन मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अभाव देखिन्छ । विपक्षी गठबन्धनका ५० सांसदमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस)का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक रास्ट्रिय मन्चका १ छन् । एक सिट भएको राप्रपाले भने सत्ताधारी र विपक्षी कुन कित्तामा हुने भन्ने औपचारिक निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...