मुख्यमन्त्री भीम आचार्यको पनि जागीर चट् हुने पक्का



हाम्रो इकोनोमि

 

 

गण्डकी र वागमतीपछि प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । राजनीतिक परिस्थितिमा कुनै उलटफेर नभएमा भोली अविश्वासको प्रस्तावमा मतदान भएर भीम आचार्यले मुख्यमन्त्री गुमाउने छन् ।

गत कात्तिक ७ मै मुख्यमन्त्री आचार्यले विश्वासको मत समना गर्ने मिति तोकिएको थियो । तर, सोही दिन नेपाली कांग्रेसले निवेदन दिएर बैठक स्थपगत गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको थियो । केही कांग्रेस सांसदहरुले आचार्यलाई भोट दिने हल्लाका बिच पत्र दर्ता भएको थियो । औपचारिक रुपमा भने पत्रमा कांग्रेसले आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बाढि-पहिरो पीडित हेर्न आउने भएको कारण देखाएको थियो । कांग्रेसको पत्रलगत्तै एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले समेत पत्र लेखेर थप स्थगनको माग गरेका थिए । दुवै पक्षको पत्र लिएर सभामुख प्रदीपकुमार भण्डारीले सदन कात्तिक १४ सम्म स्थगन गरेका थिए ।

आज मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्दैछन् । कांग्रेसले अग्रसरता लिएर अचार्यलाई विश्वासको मत नदिने निधो गरेको छ । मुख्यमन्त्रीमा नेकपा एसका राजेन्द्र राईलाई अगाडि सारिएको छ ।  विपक्षी गठबन्धनको बैठकमा सबैभन्दा ठुलो दल कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै राईको सत्तारोहण लगभग निश्चित देखिन्छ ।

नेपाली कांग्रेसका शिर्ष नेता शेखर कोइरालादेखि रक्षामन्त्री मिनेन्द्र रिजालले केही समय अगाडिसम्म प्रदेश १ मा कांग्रेसको मुख्यमन्त्री हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । आइतबारको गठबन्धन बैठकले भने मुख्यमन्त्रीमा राजेन्द्र राईलाई सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको हो । नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले गठबन्धनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र राजेन्द्र राईलाई नयाँ मूख्यमन्त्री बनाउने निर्णय गरेको बताए । उनले भने, ‘गठबन्धनको निर्णय अनुसार हामी एक छौँ ।’

प्रदेश १ का ९२ सांसदमा सत्ताधारी एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अपुग छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन । उनीहरुमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस) का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका १ हुन् । एक सिट भएको राप्रपाले भने सत्ताधारी र विपक्षी कुन कित्तामा हुने भन्ने औपचारिक निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...