माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा आज के हुदै छ



हाम्रो इकोनोमि

 

 

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धामा सर्वोच्च अदालतले कात्तिक १५ गते सुनाउने भनिएको फैसला आज नहुने भएको छ । गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाईका लागि आज तोकेको थियो । इजलासले बहस नोटसमेत मगाउने गरी आजका लागि तोकेको थियो ।

बहुचर्चित ललिता निवास प्रकरणको फैसलाका लागि मिति तय गरिएको आज न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले नहुने भएको हो । न्यायाधीश सुवेदी पिताको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेकाले आजको निर्णय सुनाउने पेशी स्थगित हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मन्त्रिपरिषदबाट सामूहिक रूपमा गरेका नीतिगत निर्णयमा कारबाही गर्न नसकिने निष्कर्ष निकालेकाे थियाे । तर तत्कालीन मन्त्रीहरु तत्कालीन मन्त्रीहरु विजय गच्छदार, चन्द्रदेव जोशी लगायतविरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यहि मन्त्रिपरिषदबाट भएका निर्णयमा अनुसन्धान नहुने तर विभागीय मन्त्रीलाई मुद्दा दायर गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । प्रधानमन्त्रीकै निवासको आंगनमै रहेको ठूलो परिमाणको जग्गा अनाधिकृत रुपमा व्यक्तिको नाममा लगिएपछि सरकारले अनुसन्धान गरी मुद्दा चलाउन अख्तियारलाई आग्रह गरेको थियो । सार्वजनिक जग्गालाई ब्यक्तिको जग्गा बनाउन सहयोग पुर्‍याउन सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मीसमेत मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...