प्रधानन्यायाधीशबिरुद्ध कालो र सेतो पट्टीको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ । कसैकसैले कालो र सेतोपट्टी दुबै बाँधेर प्रदर्शन गरेका छन् । नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

यसरी प्रदर्शन गर्नेमा कानून व्यवसायी स्वागत नेपाल र भूमिनन्द चुडाल लगायत छन् । कानून व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरु बन्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको बताए ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन् । न्यायाधीशहरुले पनि इजलास बहिस्कार गरेका छन् । यसको विरोधमा अभिव्यक्ति दिँदा अधिवक्ता चुडाल बार एशोसिएसनको परिसरमा कुटिएका थिए । उनी पनि सेतो पट्टी बाँधेर प्रदर्शनमा सहभागी भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...