चितवनबाट कांग्रेसले मलाई लखेटन खोज्यो : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएको बदला कांग्रेस कार्यकर्ताले चितवनबाट लखेटन खोजेको गुनासो गर्नुभएको छ । चितवनमा आज आयोजित कार्यक्रममा प्रचण्डले यस्तो गुनासो गर्नुभएको हो ।

प्रचण्डले चुनावी परिणामले कांग्रेस र माओवादी हाराहारी भए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएको र त्यसमा कांग्रेसका कार्यकर्ता खुसी होलान् भन्ने आफूले ठानेको भए पनि त्यसविपरीत पाएको बताउनु भयो । चितवनबाट आफू र रेणुलाई लखेट्ने भाषण कांग्रेस चितवनका सभापतिले गर्नु विडम्बना भएको प्रचण्डले बताउनु भयो ।

‘जित्न त चुनावमा कांग्रेसले भन्दा हामीले धेरै जितेका थियौं तर पनि शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं, मैले सोचेको थिएँ कम्तीमा चितवन जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरू खुसी भएका होलान । उनीहरूले धन्यवाद भन्लान भन्ने ठानेको त माओवादी, प्रचण्ड र रेणुलाई लखेट्ने भनेर यहाँका सभापति भन्नेहरूले बोले । तपाईंहरूले सुन्नुभयो । यो त बडो विडम्बनाको कुरा भयो,’ प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...