चितवनबाट कांग्रेसले मलाई लखेटन खोज्यो : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएको बदला कांग्रेस कार्यकर्ताले चितवनबाट लखेटन खोजेको गुनासो गर्नुभएको छ । चितवनमा आज आयोजित कार्यक्रममा प्रचण्डले यस्तो गुनासो गर्नुभएको हो ।

प्रचण्डले चुनावी परिणामले कांग्रेस र माओवादी हाराहारी भए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएको र त्यसमा कांग्रेसका कार्यकर्ता खुसी होलान् भन्ने आफूले ठानेको भए पनि त्यसविपरीत पाएको बताउनु भयो । चितवनबाट आफू र रेणुलाई लखेट्ने भाषण कांग्रेस चितवनका सभापतिले गर्नु विडम्बना भएको प्रचण्डले बताउनु भयो ।

‘जित्न त चुनावमा कांग्रेसले भन्दा हामीले धेरै जितेका थियौं तर पनि शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं, मैले सोचेको थिएँ कम्तीमा चितवन जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरू खुसी भएका होलान । उनीहरूले धन्यवाद भन्लान भन्ने ठानेको त माओवादी, प्रचण्ड र रेणुलाई लखेट्ने भनेर यहाँका सभापति भन्नेहरूले बोले । तपाईंहरूले सुन्नुभयो । यो त बडो विडम्बनाको कुरा भयो,’ प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...