नेपाल बारभित्रै वकिलबीच कुटाकुट



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी कानून ब्यवसायी (वकिल) बीच आज नेपाल बारभित्रै कुटाकुट भएको छ । सर्वाेच्च अदालतमा न्यायाधीशहरुले गरेको गैरकानूनी हडताल र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको बिषयलाई लिएर आज मध्यान्ह दुई वकिल विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो ।

सर्वाेच्चमा इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई चुडालले अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिक्नु भएको थियो । प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि आक्रमण गर्नुभएको थियो ।

सो घटनापछि परिसर भित्रै दुबैले लाता हानाहान गर्नुभएको छ । न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा र चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा देखिनु भएको छ । दुई वकिल भिडिरहँदा दर्सक बनेका अन्य वकिलहरु भने लु बरावर भयो भन्दै छुट्याउने प्रयाश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...