नेपाल बारभित्रै वकिलबीच कुटाकुट



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी कानून ब्यवसायी (वकिल) बीच आज नेपाल बारभित्रै कुटाकुट भएको छ । सर्वाेच्च अदालतमा न्यायाधीशहरुले गरेको गैरकानूनी हडताल र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको बिषयलाई लिएर आज मध्यान्ह दुई वकिल विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो ।

सर्वाेच्चमा इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई चुडालले अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिक्नु भएको थियो । प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि आक्रमण गर्नुभएको थियो ।

सो घटनापछि परिसर भित्रै दुबैले लाता हानाहान गर्नुभएको छ । न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा र चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा देखिनु भएको छ । दुई वकिल भिडिरहँदा दर्सक बनेका अन्य वकिलहरु भने लु बरावर भयो भन्दै छुट्याउने प्रयाश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...