१० बुँदे जस्ताको तस्तै लागू गरियोस् : घनश्याम भुसाल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का नेता घनश्याम भुसालले १० बुँदे कार्यान्वन नभएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै भुसालले जे भनेर १० बुँदे गरिएको थियो, त्यसै गरी लागू गर्न पनि आग्रह गरेका छन् ।

हाम्रोजस्तो जिम्मेवार इतिहास भएको पार्टीको सांस्कृतिक आनुवंशिकीमा विकृति उत्पन्न भयो भने त्यसले पिँढी दरपिँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ,’ कोरानाका कारण आइसोलेसनमा बसेका भुसालले लेखेका छन्, ‘तसर्थ कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने दशबुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस् ।’

भुसालले हालै सम्पन्न विधान महाधिवेशन जसरी हुनुपथ्र्यो त्यसरी नभएको पनि टिप्पणी गरेका छन् । ‘मुख्यतः पार्टीका नीति तथा सिद्धान्त र विधानमाथि पार्टीव्यापी र प्रतिनिधिहरुका बीचमा जुन गहिराइमा छलफल हुनुपर्थ्यो, त्यो हुन सकेन,’ उनको उनको भनाइ छ, ‘दोस्रो, महाधिवेशनको आयोजना जे जसरी भयो त्यस सम्पूर्ण प्रक्रियामा पार्टीको संस्थागत प्रक्रियाको घोर अवमूल्यन भयो ।’

संस्थागत निर्णयबिनै विधान महाविधेशनका प्रक्रिया संचालन गरेको उनको अरोप छ। ‘प्रतिनिधिको निर्णय, दस्तावेजहरूको अन्तिम तयारी, टोलीहरू र टोली नेताहरूको निर्णय, महाधिवेशन सञ्चालनको प्रक्रियालगायत क्रियाकलापहरू कुनै संस्थागत निर्णयबिना हुनुले नेकपा एमालेको पारदर्शी र संस्थागत चरित्रत्रलाई प्रतिनिधित्व गर्दैनन्,’ भुसालको भनाइ छ, ‘आगामी दिनमा यी कमजोरीहरू हटाउनै पर्छ ।’

पार्टीसँग आफ्नो ठोस कार्यक्रम नहुनु भनेको अकल्पनीय भन्दै भुसालले त्यो तय गरेर जानुपर्नेमा जोड दिएका छन्। ‘हाम्रोजस्तो इतिहास भएको पार्टीसँग आफ्नो ठोस कार्यक्रम नहुनु भनेको अकल्पनीय कुरा हो,’ उनले लेखेका छन्, ‘पार्टीको स्पष्ट कार्यक्रमले पार्टीको सम्पूर्ण पंतिलार्ई दलाल पुँजीवादको वर्चश्वलाई अन्त्य गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादका आधार तयार गर्ने दिशामा निर्देशित गर्छ ।’

उनले थपेका छन्, ‘नवौँ महाधिवेशनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा पनि पार्टीको भावी कार्यक्रमको एउटा नाराका रूपमा अगाडि ल्याएको थियो । पार्टीको ठोस कार्यक्रम नहुँदा हाम्रो उक्त नारा पनि अपरिभाषित नै रहेको छ । ‘

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...