एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको केन्द्रीय कार्यसमिति वैठक आज बस्दैछ । तुल्सीलााल अमात्य स्मृति भवनमा आज विहान ११ बजेपछि बस्ने बैठकले हिजोको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्नेछ । त्यसबाहेक बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दशौं राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।

हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । त्यसलाई अनुमोदन गर्ने कार्यतालिका रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । त्यस्तै १० बूँदे सहमतिअन्तर्गत कार्यान्वयन हुन बाँकी रहेका बूँदाहरुमा आवश्यकताअनुसार निर्णय हुने भएको छ । भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुले १० बूँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।

मंसिर १० देखि १२ सम्म चितवनमा हुने निर्णय भएको दशौं राष्ट्रिय महाधिवेशनस्थलबाट फर्केका मूल व्यवस्थापन समहितिका सहसंयोजक सुरेन्द्र पाण्डेले त्यहाँ भइरहेका तयारीबारे आजको बैठकमा ‘ब्रिफिङ’ गर्नेछन् । राष्ट्रिय महाधिवेशन चिवतनको नारायणगढस्थित नारायणी किनारमा उद्घाटन र पर्यटकीय क्षेत्र सौराहामा बन्द सत्र सन्चालन गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...