भरतपुर महानगरमा कांग्रेस-माओवादीबीच लफडा, कांग्रेस खेद्ने रेणु दाहालको चेतावनी



हाम्रो इकोनोमि

 

 

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवनको भरतपुरको विकास देखेर अत्तालिएकाहरुले आफूहरुलाई लखेट्ने कुरा गरेको बताएकी छन् । नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले चार वर्षको अवधिमा कसैले नगरेको र गर्न नसकेका काम हुँदा केहि व्यक्ति आत्तिएकाले अनावश्यक अभिव्यक्ति दिन थालेको बताइन् ।

‘जनताको अमूल्य मतबाट निर्वाचित भएर आएपछि सिन्को नभाँच्ने हिजोको परिपाटी थियो,’ पार्टी अध्यक्ष प्रचण्डसमेतको उपस्थिति रहेको कार्यलक्रममा उनले भनिन्, ‘विकासका नाममा केहि नगर्ने, चुनावदेखि चुनावसम्मको स्थितिमात्र थियो । अहिले महानगरपालिकाभरि विकासको लहर आएको छ । यो सबै महानगरवासीले देखेको कुरा हो । जनताको मन जितेर स्वार्थ नराखेर रातदिन काम गर्दा लखेट्ने कुराहरु आएका छन् ।’

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केहि दिनघि प्रचण्ड र रेणुलाई चितवनबाट लखेट्ने अभिव्यक्ति दिएका थिए । श्रेष्ठको सोही अभिव्यक्तिलाई लक्षित गरी रेणुले काउन्टर दिएकी हुन् ।

उनले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तै हुने तय भए पनि भरतपुरमै ल्याएर गर्नुपर्ने स्थिति बनाइएको बताएन् । ‘सबै तिरबाट घेराबन्दी र काम गर्ने मान्छेलाई लखेट्ने परिपाटी अहिले पनि हामीले देखेका छौं । म भन्न चाहन्छु । हामी हिजो पनि जनताका अधिकारका लागि मर्न तयार भएर हिडेका हौं, अहिले पनि जनताकै लागि लडिरहेका छौं । जति हामीलाई लखेट्ने कुरा गर्छन् त्यति नै धेरै जनताको सेवक भएर काम गर्ने प्रेरणा मिलेको छ,’ उनले भनिन् । महानगर प्रम्ख दाहाल तत्कालीन कांग्रेस-माओवादी गठबन्धनबाट निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...