रवीन्द्र मिश्रको पार्टी फेरी फुट्यो



हाम्रो इकोनोमि

 

 

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेज केन्द्रीय समितिको दुई–तिहाइ बहुमतबाट पारित भएको  दावी गरेको छ । संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्ने अध्यक्ष मिश्रको प्रस्ताव पारित भएको प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन् ।

मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेजमाथि छलफल गर्न भन्दै बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएको थियो । बैठकमा संयोजक मिलन पाण्डे पक्षका सदस्यहरुचाहिँ उपस्थित थिएनन् । पाण्डे पक्षले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत संग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन् ।’

बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी पार्टीको विधान पनि संशोधन गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि अध्यक्ष र संयोजकको सहमतिमा एजेण्डा तय गरेर केन्द्रीय कमिटी बैठक बोलाउने प्रावधान थियो । विज्ञप्तिमा ‘पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको’ निष्कर्ष निकालिएको भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रुपमा अघि बढ्ने निर्णय पनि गरेको छ ।’

पार्टीका अध्यक्ष मिश्रले २१ साउन २०७८ मा ‘मार्ग परिवर्तन’ शीर्षकको दस्तावेज सार्वजनिक गरेसँगै पार्टीमा वैचारिक ध्रुवीकरण देखिएको थियो । मिश्रको दस्तावेज आएको ८ दिनपछि संयोजक मिलन पाण्डे, सचिवालय सदस्य केशव दाहाल, डा। राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले अध्यक्ष ‘उल्टो बाटो हिँडेको’ भन्दै काउन्टर प्रस्ताव अघि सारेका थिए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...