नेकपा एसका अध्यक्ष नेपालको भव्य स्वागत



हाम्रो इकोनोमि

 

 

 

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको धनगढी विमानस्थलमा आज भव्य स्वागत गरिएको छ । कञ्चनपुरमा नेकपा एसको पार्टी उद्घाटन कार्यक्रमका लागि कैलाली पुग्नु भएका अध्यक्ष नेपाललाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सहितको हजारौ नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

नेता नेपालको स्वागतमा सुदूरपश्चिम प्रदेशका मन्त्री तथा नेकपा एसका नेता कार्यकर्ताहरु सहभागि रहेका थिए । आज बिहान धनगढी बिमानस्थल पुग्नु भएका अध्यक्ष नेपाललाइ स्वागतका लागि गाउँ गाउँबाट नागरिकहरु स्वस्फूर्त रुपमा बिमानस्थल पुगी स्वागत गरेका मन्त्री आलेका स्वकीय अधिकृत भक्तबहादुर साउँदले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालको स्वागतका लागि बिमानस्थल पुगेका नेता कार्यकर्ताहरुले अब सुदूरपश्चिम नेकपा एस मय भएको बादी समेत गरेका थिए । कञ्चनपुरको कार्यक्रम सकि नेता नेपाल आजै काठमाडौँ फर्किने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...