तीन मन्त्री सहित मुख्यमन्त्री पाण्डेले आजै शपथ लिने



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेसँग तीन मन्त्रीले शपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक एक जना मन्त्री बन्ने भएका हुन् ।

पाण्डे नेतृत्वको सरकारमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, काँग्रेसका कृष्णलाल भँडेल र माओवादी केन्द्रबाट कुमारी मोक्तानले शपथ लिने भएका हुन् । उनीहरुले पाउने मन्त्रालयबारे भने गठबन्धनबीच छलफल जारी रहेकाले सपथ ग्रहणका बेलासम्म टुंगो लाग्ने बुझिएको छ ।

काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले पनि मन्त्रालय भागबण्डाबारे गठबन्धनबीच छलफल जारी रहेको बताए ।  पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सहमति भएको उनको भनाइ छ ।  प्रदेशसभामा एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएकी थिइन् ।

उनको राजीनामासँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि विहीबार अपरान्हसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । त्यस लगत्तै गठबन्धनकोतर्फबाट ५९ सांसदको समर्थन जुटाएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...