देउवा र प्रचण्डले भनेका सबै कुरा सार्वजनिक गर्ने प्रधानन्यायाधीशको चेतावनी



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परमादेशबाट प्रधानमन्त्री नियुक्त हुनुअघि गरेको सबै कुरा सार्वजनिक गर्ने चेतावनी दिएका छन ।

प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पुगी राणाले यस्तो चेतावनी दिएको कांग्रेस स्रोतले जनाएको छ । राणाको उक्त चेतावनीपछि देउवा चुप बसेका छन भने उनले आफू निकटका एक जना केन्द्रीय सदस्य गोविन्द भट्टराई मार्फत प्रधानन्यायाधीशलाई हटाउने र वा महाअभियोग लगाउने भन्ने काममा आफूहरू नरहेको बताएका छन ।

प्रधानन्यायाधीश राणाको कार्यसूचीमा काम गर्नुपर्ने न्यायाधीशहरू देउवा र प्रचण्डको आदेशमा इजलाश बहिष्कार गर्ने न्यायाधीशरूले सर्वोच्चको फुलकोर्ट समेत बहिष्कार गरेर नेताको घर पूर्वहरूको चोटाकोठा चाहर्न थालेपछि सोमबार साँझ राणा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सोही समयमा उनले देउवालाई चेतावनी दिएका हुन ।

सोही दिन प्रधानन्यायाधीश राणाले देउवालाई आफूले राजिनामा नदिने बरू महाअभियोग आए त्यसको सामाना गर्ने बताएका थिए । सोक्रममा राणाले पत्रकार सम्मेलन नै गरेर परमादेशबाट प्रधानमन्त्री बनाउनुअघि देउवा र प्रचण्ड लगायतले भनेका सबै कुरा सार्वजनिक गर्ने बताएको कांग्रेस स्रोतले बताएको छ । राणाको उक्त चेतावनीका बारेमा देउवाले सत्तारूढ दलका नेताहरूलाई जानकारी समेत गराइसकेका छन ।

देउवाले सोमबार राति नै राणासँगको भेटपछि प्रचण्ड र नेपालसँग भेटगरी सबै घटनाक्रमको बारेमा जानकारी गराएको बालुवाटार स्रोतले दैनिकीलाइ जानकारी दियो । प्रचण्डले कान्तिपुर मार्फत समाचार लेख्न लगाएको र रामनाराण बिडारी मार्फत वकिलहरूलाई आन्दोलित गराउन लागएको विषयमा समेत बालुवटारमा समिक्षा पनि नभएको छ ।

राणाले मंगलबार नै पत्रकार सम्मेलनको तयारी गरेका थिए । केही पत्रकारलाई फोन समेत गरेर पत्रकार सम्मेलन गर्छु र मेरो कुरा भन्छु तपाईहरू आइदिनुपर्छ है भनेका थिए । यद्यपी उनले मंगलबार करिब १ बजेतिर गर्ने भनेको पत्रकार सम्मेलन अहिलेसम्म हुन सकेको छैन । यही बीचमा कांग्रेस र माओवादीका नेताहरूको आवाज भने सानो हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...