केपी ओली र प्रभु साहबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । एमाले छाडेर नेकपा ब्युँताउने तयारीमा रहेका साहलाई बुधबार बिहान अध्यक्ष ओलीले छलफलका लागि आफ्नो निवास बालकोट बोलाएका थिए । माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका प्रभु साह पछिल्लो समय एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका थिए । ओलीले आफ्ना ८ बुँदे मागहरु पूरा नगरेकाले एमालेमा रहन नसकिने साहको भनाइ थियो । उनले एमाले बैठक समेत बहिष्कार गर्दै आएका थिए ।
तर आजको छलफलमा ८ बुँदे माग कार्यान्वन गर्ने विषयमा ओलीसँग सहमति नजिक पुगेको र फेरि छलफलमा बस्ने सहमति भएको एमाले स्रोतले  जानकारी दियो  ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...