प्रधानन्यायाधीशले आफूमात्रै रहने पेसीसमेत तोके



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलाससहितको पेसी तोकेका छन् । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा प्रधानन्यायाधीश जबराले बुधबार आफू मात्रै रहने पूर्ण इजलासमा पनि पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले बुधबारका लागि आफूसहित वरिष्ठतम् न्यायाधीशहरु रहेको संवैधानिक इजलासमा पनि पेसी तोकेका छन् । यद्यपि अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गर्ने गरी बिहान ११ः३० बजे आन्तरिक छलफल डाकेका छन् ।

अन्य न्यायाधीशहरु इजलासमा नबसेपनि आफू एक्लै बस्न मिल्ने गरी प्रधानन्यायाधीश जबराले पूर्ण इजलास (प्रधानन्यायाधीश एक्लै बसेपनि) मा आफ्ना लागि ५ वटा मुद्दा राखेर पेसी तोकेका छन् । प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।

अन्य न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेर इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीशले आफू मात्रै रहने इजलास तोक्नुले बुधबार केही मुद्दाको सुनुवाई गर्न खोजेको देखिन्छ । यद्यपि कानुन व्यवसायीहरुले इजलास बहिष्कार गर्ने बताएका कारण प्रधानन्यायाधीशले आफू मात्रै रहने इजलासको गठन गरेर पेसी तोकेपनि इजलास बस्न सक्ने सम्भावना भने ज्यादै कम छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...