परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?’

सर्वोच्च अदालतमा अहिले तमासा देखिएको भन्दै ओलीले न्यायाधीशहरु आफ्नो कमजोरी आफैं उधिन्न थालेको टिप्पणी गरे । ‘श्रीमान न्यायाधीश कसले के के गरेको थियो । अलिकति उधिन्न थाल्नुभएको छ’ उनले भने ।

न्यायाधीशहरुले अहिले सर्वोच्च अदालतको मानमर्दन गरिरहेको ओलीले टिप्पणी गरे । ‘के न्यायालयप्रति न्याय पाइन्छ भन्ने विश्वास छ ?’ उनले प्रश्न गरे, ‘जनतालाई मर्का परेको विषय पेन्डिङमै छ । नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको केन्द्र बनाने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...