प्रधानन्यायाधीश जवरा महाभियोग सामना गर्न तयार



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने बताउनु भएको छ । पूर्वप्रधानन्यायाधीशसहित सर्वाेच्च अदालतकै न्यायाधीशहरु आफूबिरुद्ध राजीनामाको मागमा अडिरहेको बेला प्रधानन्यायाधीश जवराले राजीनामा नदिने बरु महाअभियोग फेस गर्ने जनाउ दिनुभएको हो ।

बिबिसी नेपाली सेवासँगको अन्तवार्तामा प्रधानन्यायाधीश जवराले राजीनामा नदिने जनाई आफू पदबाट बाहिरिने बाटो संविधानमा व्यवस्था रहेको भन्दै महाभियोग फेस गर्ने प्रष्ट सङ्केत गर्नुभएको छ । ‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो, प्रधानन्यायाधीश जवराले भन्नुभयो, कसैको ‘दबाव र प्रभाव’मा पद त्याग गर्दिन । न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ।’

प्रधानन्यायाधीश जवराको यो भनाईको अर्थ महाभियोग सामना गर्न तयार देखिनुभएको हो । ‘यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु,’ बिबिसीसँग प्रधानन्यायाधीश जवराले भन्नुभएको छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा जबराले भाग खोजेको आरोप लागेपछि उहाँ विवादमा तानिनुभएको छ । तर जवराले नाम जोडिएर आएलगत्तै गजेन्द्र हमाललाई मन्त्री नबनाउन प्रधानमन्त्रीलाई भनेको भन्दै आफूलाई फसाउन सत्तारुढ गठबन्धनले षडयन्त्र गरेको खुलासा यसअघि नै गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...