प्रचण्ड माओवादी केन्द्रको ‘अबैध एवं अनैतिक’ नेता : प्रभु साह



 

 

नेकपा पुर्नगठनको आन्तरिक गृहकार्यमा जुटेका पूर्वमन्त्री प्रभु साहले रिक्त रहेका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा उपनिर्वाचन गर्न माग गरेका छन् । संविधान अनुसार सांसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘अपवित्र गठबन्धनको सरकार’ को संज्ञा दिदै उनले सरकार र निर्वाचन आयोगले उपनिर्वाचन नगरी संवैधानिक हक हनन गरेको आरोप लगाएका छन् ।

‘प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थालाई समेत नजरअन्दाज एवं खिल्ली उडाउदै मेरो निर्वाचन क्षेत्र लगायत देशका अन्य रिक्त स्थानहरुमा निर्वाचन आयोग र अहिलेको यो अपवित्र गठबन्धनको सरकारले हालसम्म पनि उपनिर्वाचन गराउन नसक्नु वा नचाहनु भनेको खेद एवं दुखको विषय मात्र नभई देशमा विधिको शासन, कानूनी राज्य एवं हाम्रो संवैधानिक हकको सिधा÷ठाडो बरखिलाफ एवं उपहास पनि हो’ साहले भने ।

यसैबीच साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘अबैध एवं अनैतिक’ नेता भएको टिप्पणी गरेका छन् ।उपनिर्वाचनमा माओवादी केन्द्र जान नचाहेको संकेत गर्दै उनले लोकतन्त्रमा जनताको अदालतबाट तर्सिने अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको अबैध र अनैतिक नेता भएको जनाएका छन् ।

‘आफ्नै चुनावी प्रतिबद्धता एवं जनादेश विपरीत कांग्रेसको पुच्छर बन्ने र उल्टै हामीमाथि कथित दलीय अनुशासनको नाममा कारवाहीको डण्डा चलाउने र लोकतन्त्रमा पनि जनताको अदालतबाट तर्सिने नेकपा ९माओवादी केन्द्र० का अबैध एवं अनैतिक नेता पुष्पकमल दाहालले पनि यसको जवाब दिनुपर्छ’ साहले प्रश्न गरेका छन् ।

जनतालाई यत्रो लामोसमयसम्म पनि औपचारिक रुपमा जनप्रतिनिधि विहिन बनाई राख्ने निर्वाचन आयोग र सरकारको अक्षम्य अपराध रहेको उनले आरोप लगाएका छन् । ‘यस अक्षम्य अपराधका हिस्सेदारहरुलाई तत्काल नैतिकताको आधारमा राजीनामा गर्न अथवा सार्वजनिक रुपमा आत्मालोचित भई माफी माग्दै यथाशीघ्र रिक्त स्थानहरुमा चुनाव गराउन सम्बन्धित पक्षहरुसंग जोडदार माग गर्दछु’ साहले भने ।

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ