नेकपाको केन्द्रीय कमिटी घोषणा गर्दै प्रभु साह



हाम्रो इकोनोमि

 

 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रुपमा नेकपा एमालेलाई मान्नुपर्ने फरक विचार राखेर संघर्ष गर्दै आएका नेता तथा पूर्वमन्त्री प्रभु साहले अन्तत नेकपाको पुनर्गठन गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर गठन भएको नेकपा सर्वोच्च अदालतको फैसलापछि विघटन भएको थियो । पूर्वमन्त्री साहले भने केपी ओलीको नेतृत्वलाई मान्ने तर नेकपाको निरन्तरता हुनुपर्ने सर्तमा एमालेमै बसेका थिए । एमाले अध्यक्ष केपी ओलीले पुरानै विचार बोकेको पुरानै शैलीको एमालेलाई सक्रिय गरेपछि साहले भने ८ बुँदे प्रस्ताव अघि सारेका थिए । अध्यक्ष ओलीले मुखमा नेकपाको निरन्तरता भन्ने गरेको तर व्यवहारमा नमानेपछि साहले नेकपाकै पुनर्गठनको गृहकार्यमा लागेका हुन् ।

प्रभु साह निकट एक नेताका अनुसार उनले सहमतिका लागि अन्तिम चरण सम्म प्रयास गरेको तर केपी ओली अग्रगमनलाई स्वीकार्नुभन्दा पुरानै विचार र एजेन्डामा फर्किएकोले साह र उनीनिकट नेताहरु जनतालाई धोखा दिन नसक्ने निष्कर्षसहित नेकपा पुनर्गठनको तयारीमा जुटेका हुन् । ती नेताका अनुसार नेकपाको केन्द्रीय कमिटीसमेत चयन भइसकेको र केही दिनमै राष्ट्रिय भेलामार्फत देशलाई अग्रगामी निकास दिनका लागि नेकपा पुनर्गठन भएको सन्देश दिने तयारी रहेको छ ।

देशलाई अग्रगामी निकास दिन तथा विद्यमान राजनीतिक संकट निवारणका लागि नेकपा पुनर्गठनमार्फत नयाँ समाजवादी केन्द्र बनाउने प्रभु साहको तयारी रहेको बुझिएको छ । नेकपा एकीकृत पार्टी रहँदा प्रभु साह पूर्वमाओवादी समूहबाट आएका थिए तर प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई सिध्याउन लागेको भन्दै केपी समूहमा गएका थिए । पार्टी विघटन भएदेखि नै प्रभु साहले माओवादी र एमाले दुवै पार्टी पछाड़ीं फर्केको भन्दै एमाले नस्वीकारी संघर्ष गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...