नेकपाको केन्द्रीय कमिटी घोषणा गर्दै प्रभु साह



हाम्रो इकोनोमि

 

 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रुपमा नेकपा एमालेलाई मान्नुपर्ने फरक विचार राखेर संघर्ष गर्दै आएका नेता तथा पूर्वमन्त्री प्रभु साहले अन्तत नेकपाको पुनर्गठन गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर गठन भएको नेकपा सर्वोच्च अदालतको फैसलापछि विघटन भएको थियो । पूर्वमन्त्री साहले भने केपी ओलीको नेतृत्वलाई मान्ने तर नेकपाको निरन्तरता हुनुपर्ने सर्तमा एमालेमै बसेका थिए । एमाले अध्यक्ष केपी ओलीले पुरानै विचार बोकेको पुरानै शैलीको एमालेलाई सक्रिय गरेपछि साहले भने ८ बुँदे प्रस्ताव अघि सारेका थिए । अध्यक्ष ओलीले मुखमा नेकपाको निरन्तरता भन्ने गरेको तर व्यवहारमा नमानेपछि साहले नेकपाकै पुनर्गठनको गृहकार्यमा लागेका हुन् ।

प्रभु साह निकट एक नेताका अनुसार उनले सहमतिका लागि अन्तिम चरण सम्म प्रयास गरेको तर केपी ओली अग्रगमनलाई स्वीकार्नुभन्दा पुरानै विचार र एजेन्डामा फर्किएकोले साह र उनीनिकट नेताहरु जनतालाई धोखा दिन नसक्ने निष्कर्षसहित नेकपा पुनर्गठनको तयारीमा जुटेका हुन् । ती नेताका अनुसार नेकपाको केन्द्रीय कमिटीसमेत चयन भइसकेको र केही दिनमै राष्ट्रिय भेलामार्फत देशलाई अग्रगामी निकास दिनका लागि नेकपा पुनर्गठन भएको सन्देश दिने तयारी रहेको छ ।

देशलाई अग्रगामी निकास दिन तथा विद्यमान राजनीतिक संकट निवारणका लागि नेकपा पुनर्गठनमार्फत नयाँ समाजवादी केन्द्र बनाउने प्रभु साहको तयारी रहेको बुझिएको छ । नेकपा एकीकृत पार्टी रहँदा प्रभु साह पूर्वमाओवादी समूहबाट आएका थिए तर प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई सिध्याउन लागेको भन्दै केपी समूहमा गएका थिए । पार्टी विघटन भएदेखि नै प्रभु साहले माओवादी र एमाले दुवै पार्टी पछाड़ीं फर्केको भन्दै एमाले नस्वीकारी संघर्ष गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...