राजनीतिक जीवनकै कठिन चुनौती झेल्दै प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक जीवनकै कठिन चुनौती झेलिरहेका छन् । उनले त्यसकारण पनि गत महिना निकै कडा अभिव्यक्ति दिए जसमा फेरि अर्को संघर्षमा होमिने विषय थियो ।

प्रचण्डले माओवादी र आफूलाई सिध्याउने प्रयास भइरहेको बताएका थिए । उनको यो अभिव्यक्ति लगत्तै राजनीतिमा नयाँ घटनाक्रम विकास भएको छ जसले प्रचण्ड कि त सबैभन्दा शक्तिशाली बन्ने कि त समाप्तीको दिशामा पुग्ने अवस्था बनेको छ ।

अहिले प्रचण्डको सिधा टकराव अदालतसँग देखिएको छ । त्यसमाथि पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग उनको टकराव देखिएको छ । प्रचण्डनिकटस्थहरुले जबराको राजीनामा मागिसकेका थिए । यसमा संवैधानिक परिषदबाट संवैधानिक निकायमा नियुक्तिलगायत प्रचण्ड र उनीसँग निकटस्थहरुको अदालतमा विचाराधीन मुद्दाको मामला पनि कारण बनेको छ ।

संवैधानिक निकायमा नियुक्तिविरुद्ध परेको मुद्दामा खारेजीको पक्षमा फैसला आओस् भन्ने प्रचण्डको चाहना छ । अर्कोतर्फ, प्रचण्ड र माओवादी नेताहरुविरुद्ध द्वन्द्वकालका मुद्दा देखि क्यानटनमेन्टको विषय पनि छ । यी विषयहरुलाई टाउकोमाथिको तरबार बनाएर समस्या खडा गर्न खोजिएको बुझाई प्रचण्डको छ । यसमा अदालत नै मुख्य चुनौती बनेको छ । प्रचण्डले पछिल्लो समय अदालतलाई प्रभावित बनाउन खोजेको विषय पनि उठेको छ । उनले प्रधानन्यायाधीश जबरालाई हालै बालुवाटारमा भेटेको विषय बाहिर आयो जसलाई जबराले समेत खुलाएका थिए ।

प्रचण्डसँग जोडिएका यी विषयमा अदालत विपक्षमा फैसला लिने गरी गएमा राजनीतिमा हलचल नै हुनसक्छ । यसले प्रचण्डलाई राजनीतिक रुपमा ठूलो धक्का पर्न सक्छ । त्यसैले प्रचण्डले अदालतमाथि दबाब बढाउन खोजेको देखिदैछ । अदालत आफूविरुद्ध उभिएमा महाभियोगको अस्त्र प्रचण्डले तयार गरेका छन् । तर, त्यो घटनाले प्रचण्डलाई विगतमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणमा जस्तै अप्ठ्यारोमा पार्न सक्छ । गर या मरको लडाईंमा पुगेमा प्रचण्डले महाभियोग प्रस्ताव पनि अगाडि बढाउन सक्छन् । त्यसले सत्ता गठबन्धन भत्कने खतरा पनि छ ।

प्रधानन्यायाधीश जबरालाई माओवादीवृत्तमा धर्मनीरपेक्ष र गणतन्त्रविरोधीका रुपमा चित्रण गरिएको छ । जबराको चाहना अनुसार मन्त्री बनाइएका भनिएका गजेन्द्र हमालले आफू हिन्दुराष्ट्रको पक्षधर भएको खुलस्त भनेका छन् । प्रचण्डले पटक पटक गणतन्त्र र धर्मनीरपेक्षमाथि प्रहार गर्न खोजिएको विषय बोल्ने गरेका छन् । यो त्यत्तिकै बोलेका होइनन् । अहिलेको विकसित राजनीतिक घटनाक्रमका पछाडि वर्तमान राजनीतिक प्रणाली धरापमा पर्दै गएको विश्लेषण पनि भइरहेको छ । त्यसलाई प्रचण्ड स्वयंले स्वीकार्ने गरेका छन् ।

कुनैबेला प्रचण्ड र ओलीबीचको टकराव अहिले मोडिएर प्रचण्ड र जबराबीच टकरावमा परिणत बन्दै गएको छ । प्रचण्ड यसकारण पनि राजनीतिक जीवनकै ठूलो चुनौतीको सामना गरिरहेका छन् । उनी योपटक निर्णायक राजनीतिक लडाईंमा पुगेजस्तो देखिदैछ ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...