राजीनामा तयार पार्दै भीम रावल



हाम्रो इकोनोमि

 

 

१० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले एक(दुई दिनमा लिखित राजीनामा नै बुझाउने भएका छन् ।  रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि आफूले राजीनामाको घोषणा गरेको र अब पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरिरहेको बताए ।

‘अस्ति मैले त्यहाँ राजीनामा मौखिक त दिइसकें यसको ब्यहोरा म लेखेर पठाउँछु भनेको थिएँ, अब त्यो दिन्छु होला’ उनले भने, ‘पदको दृष्टिकोणबाट मैले हेरेको छैन, पार्टीको प्रणाली विधि र लोकतान्त्रिक मान्यता हेर्छु राजीनामाको कुरा पनि त्यसैगरी आएको हो ।’

गत भदौ २६ मा पार्टी एकताका लागि भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गर्न नचाहेको भन्दै रावलले शुक्रबारको स्थायी कमिटीको बैठकमा कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए । ओलीले भने १० सहमति कार्यान्वयन हुने बताएका छन् । पार्टी ०७६ जेठ २ अघि फर्किने अवस्था आउँदा रावल सुदुरपश्चिम प्रदेशको इन्चार्ज हुन्छन् । तर पार्टी अध्यक्ष ओली रावललाई त्यो जिम्मेवारीमा फर्काउन तयार छैनन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...