घर साहु अग्रवालले एमालेको पार्टी कार्यालय सार्न भनेपछि………



हाम्रो इकोनोमि

 

 

एमालेको पार्टी केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीबाट ललितपुरको च्यासलमा सार्ने तयारी भएको छ । व्यापारी सञ्जय अग्रवालले एमालेलाई पार्टी कार्यालय राख्न आफ्नो घर दिएका थिए । अग्रवालले पार्टी कार्यालय सार्न भनेपछि एमालेको पार्टी कार्यालय सार्न लागिएको स्रोतले जनाएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले थापाथलीमा ठाउँ सानो भएकाले केन्द्रीय कार्यालय सार्न लागिएको बताएका छन् । एमालेलाई तुल्सीलाल स्मृति प्रतिष्ठानले कार्यालयमा राखेर कार्यसम्पादन हुनेछ । एमाले महासचिव पोखरेलका अनुसार अब एमालेले केन्द्रीय कार्यालको सबै काम च्यासलबाट गर्नेछ ।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच महत्वपूर्ण समझदारी । अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...