घर साहु अग्रवालले एमालेको पार्टी कार्यालय सार्न भनेपछि………



हाम्रो इकोनोमि

 

 

एमालेको पार्टी केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीबाट ललितपुरको च्यासलमा सार्ने तयारी भएको छ । व्यापारी सञ्जय अग्रवालले एमालेलाई पार्टी कार्यालय राख्न आफ्नो घर दिएका थिए । अग्रवालले पार्टी कार्यालय सार्न भनेपछि एमालेको पार्टी कार्यालय सार्न लागिएको स्रोतले जनाएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले थापाथलीमा ठाउँ सानो भएकाले केन्द्रीय कार्यालय सार्न लागिएको बताएका छन् । एमालेलाई तुल्सीलाल स्मृति प्रतिष्ठानले कार्यालयमा राखेर कार्यसम्पादन हुनेछ । एमाले महासचिव पोखरेलका अनुसार अब एमालेले केन्द्रीय कार्यालको सबै काम च्यासलबाट गर्नेछ ।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच महत्वपूर्ण समझदारी । अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...