दुर्गा प्रसाईको ८ करोडको ‘वन पिस’गाडीमा ओली सयर



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई स्वागत गर्न नेता कार्यकर्ता पुगेका थिए । स्वागत गर्न मेडिकल व्यापारी दुर्गा प्रसाई पनि पुगेका थिए, जो पछिल्लो समय एमालेमा सक्रिय छन् । आइतबारै उनी बिर्तामोडको बृहत पार्टी प्रवेश कार्यक्रममा एमालेमा औपचारिक रुपमा प्रवेश पनि गरेका थिए । रोचक त के भने विमानस्थलमा ओलीलाई स्वागत गर्न प्रसाई आफ्नै गाडी लिएर पुगेका थिए ।

प्रसाईको ८ करोडको गाडी ओलीको सयरका लागि विमानस्थलमा राखिएको थियो । सामान्यतया प्रमुख प्रतिपक्षी दलका नेता जिल्ला आउँदा स्थानीय प्रशासन वा प्रदेश सरकारले गाडी उपलब्ध गराउँछ । तर, ओलीको स्वागतमा प्रसाईको गाडी तम्तयार थियो, विमानस्थल बाहिर स्कर्टिङ सुरक्षा राखिएको थियो । त्यहीँ गाडीमा ओलीले गृहजिल्लामा सयर गरे ।

भद्रपुर-१ स्थित पृथ्वीनगरमा पिता मोहन ओलीलाई भेट्नेदेखि विर्तामोडमा पार्टी प्रवेश कार्यक्रमसम्म ओली प्रसाईको गाडीमा सवार भए । बिर्तामोडमा त प्रसाईले नातामा ओलीले आफ्नो हजुरबुवासम्म पर्ने बताए ।

अनौपचारिक कुराकानीमा प्रसाईले सञ्चारकर्मीसँग बिर्तामोडमा भने, ‘८ करोडको गाडी, वन पिस गाडी मैले मात्र चढ्छु । अहिले अध्यक्ष ओलीज्यूलाई चढ्नलाई दिएको हुँ ।’ त्यसो त ओलीको सवारीमा गाडीको लस्कर पनि देख्न सकिन्थ्यो । करिब २० भन्दाबढी गाडी सडकमा लस्करै देखिन्थे, यी दृश्यले चुनावको झल्को दिइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...