माओवादीका ३ हजार नेता–कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

 

झापामा ३ हजार माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । झापाको विर्तामोडमा आज भएको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गर्नुभएको छ । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार करिव ३ हजार माओवादीसहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

चर्चित व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा आएका हुन् ।

माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गर्नुभएका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहनुभएको छ । कार्यक्रमाम संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...