माओवादीका ३ हजार नेता–कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

 

झापामा ३ हजार माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । झापाको विर्तामोडमा आज भएको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गर्नुभएको छ । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार करिव ३ हजार माओवादीसहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

चर्चित व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमालेमा आएका हुन् ।

माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गर्नुभएका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहनुभएको छ । कार्यक्रमाम संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...