वृहत कम्युनिस्ट एकताको रणनीतिमा बामदेव, माधवलाईपनि धोका



हाम्रो इकोनोमि

 

 

बामदेव गौतम औपचारिक रुपमा नेकपा एमालेका उपाध्यक्ष छन् । तर, उनले आफू एमालेमा नरहेको स्पष्ट पारिसकेका छन् । एमालेको विधान महाधिवेशन अगावै बामदेवले एमाले परित्याग गरेको घोषणा गरेका थिए । तर, एमालेले अझै उनलाई उपाध्यक्षका रुपमा उल्लेख गर्दै आएको छ । अविधान महाधिवेशनमा गौतम देखिएनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गौतम खुलेर लागेका थिए । उनी नेकपा फुट्न नदिन सक्रिय भए । पछि एमाले फुट्न नदिन पनि विभिन्न विकल्पसहित प्रयासमा रहे । गौतम दुवैमा असफल रहे । उनले विज्ञप्तिमार्फत् माधव नेपालको साथमा रहने भनेका थिए । तर, अझै निर्णय लिएका छैनन् । गौतमले जनताको बहुदलीय जनवादलाई मार्गदशर्क सिद्धान्तका रुपमा राख्नुपर्ने अडान लिएका छन् । एमालेबाट फुटेको नेकपा एसले भने जबज छाडेको छ ।

समाजवादलाई सिद्धान्तका रुपमा उल्लेख गरिसकेको छ । सैद्धान्तिक बहसका अलावा बामदेवको नेकपा एसप्रति केही असन्तुष्टि पनि देखिएको छ । विश्वस्त स्रोतका अनुसार उनी नेकपा एसमा सहअध्यक्ष चाहन्थे । एमालेमा वरिष्ठ उपाध्यक्ष राखेर उनको व्यवस्थापनको विषय उठेपनि सहमत भएनन् ।

नेकपा एसबाट उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिएर गौतम सहभागी हुने चर्चा थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री कसैलाई नदिने निर्णय लिएपछि गौतम रोक्किए । उनी नेकपा एसमा पनि गएनन् ।

अहिले गौतमक वृहत कम्युनिस्ट एकताको रणनीति बनाएर भित्री रुपमा सक्रिय रहेको बुझिएको छ । माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लवलगायतको एकताको प्रयास चलिरहेको छ । गौतमले पनि त्यही एकता प्रयासमा भूमिका निभाइरहेको बुझिएको छ । बलियो कम्युनिस्ट पार्टी बनाएर जानका लागि नेकपा एमालेका असन्तुष्ट पक्षलाई समेत मिलाएर लाने प्रयास भइरहेको छ । त्यसमा गौतमले पनि भूमिका निभाइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...