प्रचण्डले नेतृत्व छोड़े सबै माओवादीहरु एकीकृत हुन सक्छ : प्रभु साह



हाम्रो इकोनोमि

 

 

 

 

पूर्वमन्त्री प्रभु साहले सबै माओवादीहरु एकीकृत हुनका लागि प्रचण्डले नेतृत्व छोड्नुपर्ने बताएका छन् । केही सञ्चार माध्यममा पूर्वमन्त्री प्रभु साहले नेकपा (माओवादी केन्द्र) मा फर्किने भनी समाचार सम्प्रेषण भएपछि प्रतिक्रिया जनाउदै उनले प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष रहेसम्म कोही पनि माओवादीमा फर्किन नसक्ने बताए ।

पूर्वमन्त्री साहले सबै माओवादीलाई एकीकृत गर्नको लागि प्रचण्डसमक्ष दुई विकल्प प्रस्तुत गरे । प्रचण्डले माओवादी केन्द्रकै अन्य सक्षम नेतालाई अध्यक्ष बनाउनुपर्ने वा अन्य माओवादी घटकको त्यागी नेतालाई नेतृत्व दिनुपर्ने साहको प्रस्ताव छ ।

‘यही अवस्थामा म माओवादी केन्द्र फर्किन्छु भने कसैलाई लागेको छ भने त्यो मनगढन्त कुरा मात्र हुन सक्छ । केही सञ्चारकर्मी साथीहरुले अनावश्यक रुपमा समाचार सम्प्रेषण गरिरहेको देख्दा दुख लागेको छ’ पूर्वमन्त्री साहले भने, ‘जहाँ सम्म सम्भावनाको कुरा गर्नुहुन्छ भने प्रचण्डजीले माओवादी केन्द्रको अन्य सक्षम कमरेडलाई अध्यक्ष हस्तान्तरण गरे वा अन्य माओवादी घटकको त्यागी नेतालाई अध्यक्ष मान्ने हो भने हामी पार्टीमा फर्किने एउटा आधार हुन सक्छ । त्यति मात्र है प्रचण्डजीको स्वार्थी रवैयाका कारण माओवादी आन्दोलनलाई जोगाउन सक्रिय रहेका अन्य माओवादी क्रान्तिकारीहरु पनि ध्रुविकृत हुन्छ ।’

नेकपा विघटन भएपछि पूर्वमन्त्री साहले केपी ओलीको नेतृत्वमा नेकपाको निरन्तरता हुनुपर्ने भनी एमालेलाई स्वीकार नगरी संघर्षमा छन् । उनले देशलाई अग्रगामी निकास दिनका लागि क्रान्तिकारी ध्रुवीकरणका लागि प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...