पारस शाह र हिमानी मिले, राजपरिवार एकै ठाउँमा



हाम्रो इकोनोमि

 

राजसंस्था खारेज भएयता पूर्वयुवराज्ञी हिमानी शाह सामाजिक गतिविधिमा सक्रिय छिन् । उनले सञ्चालन गरेको ‘हिमानी ट्रस्ट’ ले सोमबार काठमाडौंको सोल्टी होटलमा चियापान कार्यक्रम आयोजना गर्यो ।

दसैं, तिहार र छठको उपलक्ष्यमा कोषले कला, खेलकुद तथा साहित्यिक योगदान दिएका व्यक्तित्वहरुलाई चियापानका लागि निम्त्याएको थियो । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह कार्यक्रममा उपस्थिति थिए । यस्तै पूर्वयुवराजपारस पनि आएका थिए । हिमानीले ट्रस्टका पदाधिकारीहरुसँगै लाइनमा उभिएर आगन्तुकको स्वागत गरिन् ।

कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी आफ्नो ट्रस्टको औपचारिक सारी चोलो लगाएकी थिइन् । पारसले सट पाइन्ट र कोर्ट लगाएका थिए । पारस र हिमानी पुत्र हृदयन्द्रले राष्ट्रिय पोशाक लगाएका थिए । पूर्वरानी कोमल भने कार्यक्रममा अनुपस्थित रहिन् । पारस र हिमानीबीच संवाद भएको देखिएन । बरु पारस र ज्ञानेन्द्रले छोटो कुराकानी गरेका थिए ।

कार्यक्रममा आगन्तुकहरुको पूर्वराजपरिवारप्रति राम्रै आकर्षण देखियो । कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल लगायत हिमानी ट्रस्टका निम्तो मान्न आएका थिए ।

हिमानी ट्रस्टले आयाजना गरेको एक कार्यक्रममा सेलिब्रिटीहरुलाई समेत डाकेर चियापान आयोजना गर्यो । कार्यक्रममा पूर्वयुवराजधिराज पारस पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...