जनता बाढीको चपेटामा, प्रचण्ड जिपलाइनमा



हाम्रो इकोनोमि

 

 

प्रमुख सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आराम गर्ने नाममा प्रायः सिन्धुपाल्चोक पुग्छन । विगतमा अग्नि सापोटासँगै सिन्धुपाल्चोक जाने गरेका प्रचण्ड पछिल्लो समय अन्य सहयोगी बोकेर सिन्धुपाल्चोक पुग्ने गरेका छन ।

 

बिहीबार सुकुटेमा आरम गरेर फर्किएका प्रचण्ड शुक्रबार काभ्रेको धुलिखेल जिपलाइनमा रमाइलो गरिरहेका थिए । माओवादी नेता सरल सहयात्रीले प्रचण्डले जिपलाइनमा मनोरञ्जन लिइरहेको भिडियो टिकटकमा पोस्ट गरेका छन ।

नागरिकहरू बाढी र पहिरोमा चपेटामा परेर रूँदै र चिच्याउँदै बसिरहेको समयमा तीनहरूको उचित व्यवस्थापनमा लाग्न सरकारलाई प्रेरित गर्नुपर्नेमा प्रचण्ड भने जिपलाइन र सुकुटेमा रमाइरहेका छन ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...