प्रचण्डलाई अर्को झड्का, माओवादी त्यागेर सिंगो बस्तीका सबै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले भोली अर्थात (कात्तिक ६ गते) सिन्धुपाल्चोकका १०३ वडामा एकैसाथ अधिवेशनको तयारी गरेको छ । अधिवेशनको पूर्वसन्ध्यामा एमालेले विभिन्न वडाका बस्ती–बस्तीमा पुगेर भेटघाट तथा छलफल गरेको छ ।

जसक्रममा बलेफी गाउँपालिका– ७ चिम्लीङमा भएको भेलामा सिंगो बस्तीका सबै नै एमालेमा प्रवेश गरेका छन् ।यसअघि माओवादी केन्द्रमा रहेका दलित बस्तीका सबै स्थानीय एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार बिहान दलित बस्तीमा भएको भेटघाट र छलफलपछि सबै नै एमालेको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुँदै एमालेमा प्रवेश गरेको नेकपा एमाले वागमती प्रदेश कमिटीका सदस्य एवम बलेफी गाउँपालिका अध्यक्षसमेत रहेका केदार क्षेत्रीले जानकारी दिनुभयो । दलित बस्तीमा रहेका करिब ५० जना एमालेमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रमा रहेका उनीहरु सबै एमालेमा प्रवेश गरेपछि बलेफी–७ मा आफूहरुको संगठन अब पहिलाको भन्दा झन् बलियो भएको क्षेत्रीले बताउनुभयो । नवप्रवेशीहरुलाई क्षत्रीले खादा, अबिर लगाएर एमालेमा प्रवेश गराउनुभएको हो । एमाले भित्रको अन्तरविरोध साम्य भएपछि बलेफीका विभिन्न वडाहरुबाट कांग्रेस, माओवादीलगायतका दलबाट एमालेमा हालसम्म करिब ३ सय प्रवेश गरेको क्षत्रीले दाबी गर्नुभयो । उहाँले जनता टाइम्सलाई दिएको जानकारी अनुसार वडा अधिवेशनमा पनि सबै वडाहरुबाट विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको सूची लामो रहेको छ ।

पार्टीमा समस्या हुँदा केही समय आफूहरु पार्टीको काममा सक्रिय हुन नपाएको र अहिले नेकपा एमाले एकताबद्ध भएपछि एकताको सन्देश लिएर गाउँगाउँमा पुग्दा स्थानीय उत्साही भएको क्षेत्रीले बताउनुभयो । उहाँले एमालले देशमा रहेको सवैको भावनालाई प्रतिनिधित्व गर्ने पार्टी भएको हुदा विभिन्न पार्टी परित्याग गरि एमालेमा गोलबद्ध हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...