चितवन समाजवादीका जिल्ला अध्यक्ष एमालेमै फर्किए



हाम्रो इकोनोमि

 

 

माधव नेपाल नेतृत्वको नेकपा एस चितवनको प्रस्तावित जिल्ला कमिटी अध्यक्ष तेजबहादुर खड्का एमालेमा नै फर्किएर पार्टी काममा लागेका छन् । १० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने माग गरेका खड्का समाजवादीको वडा कमिटी गठनमा समेत सहभागी भएका थिए ।  माधव नेपालले देउवाले ल्याएको अध्यादेशमार्फत नेकपा एमाले फुटाएपछि समाजवादीमा नगएको स्पष्टिकरणसमेत दिए ।

बीचमा लामो समय दुबैतिर सक्रिय नभएका खड्का एमालेमा नै फर्किएका छन् । उनले समाजवादीको जिल्ला अध्यक्ष बन्न अस्वीकार गरेपछि डा. कृष्ण पन्तलाई जिल्ला अध्यक्ष बनाइएको थियो।

समाजवादीतिर पनि नगएका र एमालेमा पनि सक्रिय नभएका खड्काले एमालेको चितवनको तेस्रो पूर्ण बैठकमा उपस्थित भएर टुटफुट र विभाजन नभई एकतामा समाहित हुन सबैलाई आग्रह गरे ।

एमालेको तत्कालिन जिल्ला उपाध्यक्ष रहेका खड्कालाई प्रदेश कमिटीको सदस्य बनाइएको छ । खड्काको नेतृत्वमा पार्टी एकता संयोजन कार्यदल बनेको छ । उनले आफू निरन्तर पार्टीको काममा लाग्ने बताए । उनलाई एमालेको बागमती प्रदेश कमिटी सदस्य बनाइएको छ ।

यसअघि समाजवादीको कार्यक्रममा सहभागी हुँदै खड्का ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...