चितवन समाजवादीका जिल्ला अध्यक्ष एमालेमै फर्किए



हाम्रो इकोनोमि

 

 

माधव नेपाल नेतृत्वको नेकपा एस चितवनको प्रस्तावित जिल्ला कमिटी अध्यक्ष तेजबहादुर खड्का एमालेमा नै फर्किएर पार्टी काममा लागेका छन् । १० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने माग गरेका खड्का समाजवादीको वडा कमिटी गठनमा समेत सहभागी भएका थिए ।  माधव नेपालले देउवाले ल्याएको अध्यादेशमार्फत नेकपा एमाले फुटाएपछि समाजवादीमा नगएको स्पष्टिकरणसमेत दिए ।

बीचमा लामो समय दुबैतिर सक्रिय नभएका खड्का एमालेमा नै फर्किएका छन् । उनले समाजवादीको जिल्ला अध्यक्ष बन्न अस्वीकार गरेपछि डा. कृष्ण पन्तलाई जिल्ला अध्यक्ष बनाइएको थियो।

समाजवादीतिर पनि नगएका र एमालेमा पनि सक्रिय नभएका खड्काले एमालेको चितवनको तेस्रो पूर्ण बैठकमा उपस्थित भएर टुटफुट र विभाजन नभई एकतामा समाहित हुन सबैलाई आग्रह गरे ।

एमालेको तत्कालिन जिल्ला उपाध्यक्ष रहेका खड्कालाई प्रदेश कमिटीको सदस्य बनाइएको छ । खड्काको नेतृत्वमा पार्टी एकता संयोजन कार्यदल बनेको छ । उनले आफू निरन्तर पार्टीको काममा लाग्ने बताए । उनलाई एमालेको बागमती प्रदेश कमिटी सदस्य बनाइएको छ ।

यसअघि समाजवादीको कार्यक्रममा सहभागी हुँदै खड्का ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...