एमालेले १० औँ महाधिवेशनको उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले १० औँ महाधिवेशनको उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने भएको छ । नेकपा एमालेले भरतपुरमा पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारीका बारेमा जानकारी दिएको छ ।

एमालेको बागमती प्रदेशको अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलले उदघाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी गराउने गरी तयारी सुरू भएको जानकारी दिए ।

अध्यक्ष पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए । पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘भरतपुर महानगर आसपसकै ठाउँमा महाधिवेशन स्थल छनोट हुनेछ, उदघाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी बन्नेछन्,’ उनले भने, ‘उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको छ ।’

महाधिवेशनमा विधान महाधिवेशनमा सहभागी भएकामध्ये आधा प्रतिनिधि सहभागी हुनेछन । यसअघि बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । एमालेको महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।

पत्रकार सम्मेलनमा एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारी, एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्णभक्त पोखरेल र एमाले चितवनकी अध्यक्ष पार्वती रावल पनि सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...