प्रचण्डको गृहजिल्ला चितवनमा एमाले महाधिवेशन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको गृहजिल्ला चितवनमा हुने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको छ । माओवादी अध्यक्ष प्रचण्डलाई चितवनबाट आगामी चुनाव हराएर देखाउनका लागि एमालेले उहाँकै गृहजिल्ला चितवनमा महाधिवेशन गर्ने स्थान तय गरेको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...