प्रचण्डलाई प्रधानमन्त्री बनाउने नयाँ खेल सुरु



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने नयाँ खेल सुरु भएको छ । पछिल्लो समय एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच चुनावलाई लक्षित गरेर सहकार्यबारे छलफल भैरहेको उच्च स्रोतको दाबी छ। अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा अघि सार्ने तयारी गरेको बुझिएको छ । ओलीले यसको लागि प्रचण्डसमक्ष प्रधानमन्त्री बनाउनेदेखि चुनावी सहकार्यसम्मको प्रस्ताव गरेको स्रोतको दाबी छ ।  अध्यक्ष ओलीले एमालेले चाह्यो भने एक साताभित्रै यो सरकार ढल्छ भनेर त्यत्तिकै नभनेको विश्लेषकहरुको भनाई छ ।

ओलीले आगामी निर्वाचनमा कांग्रेससँग नै एमालेको कडा प्रतिष्पर्धा हुने बताईरहेका छन् । माओवादीसँग सहकार्य गरेर चुनावमा जाँदाखेरि फाईदा हुने उनको भनाई छ । प्रचण्डसँग सहकार्य गर्दा उता भर्खरै नयाँ पार्टी गठन गरेका माधव नेपाललाई पनि ठेगान लगाउन सकिने उनको ठम्याई छ । अहिले ओलीले अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँग डिल गरिरहेका छन् । एमाले र माओवादी मिल्दा नै मुलुकको हित हुने दुवै पार्टीका प्रभावशाली नेताहरुको भनाई रहेको छ ।

एमाले–माओवादी केन्द्रबीच फेरि तत्कालै सहकार्य हुने सम्भावना कत्तिको छ ? त्यो त समयले नै देखाउला । तर, ओली र प्रचण्ड दुवैले त सार्वजनिक फोरममा तत्काल सहकार्यको सम्भावना नरहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...