हेलिकोप्टरबाटै बाढी- पहिरो पिडितलाई हेरेर फर्किए प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आउनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्कनुभएको छ । बिहीबार डोटी हुँदै बझाङ पुग्नुभएका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर पहिरो प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अवलोकन गरेर उहाँ बैतडीतर्फ लाग्नुभएको हो ।

बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले पहिरो गएको क्षेत्रमा हेलिकोप्टर अवतरण हुन नसकेपछि प्रधानमन्त्री देउवाले आकासबाटै पहिरो अवलोकन गर्नुभएको हो ।

‘थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ३–४ पटक अवतरण गर्ने प्रयास गरियो,’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भन्नुभयो, ‘तर असफल भएपछि उहाँ बैतडीतर्फ जानु भएको छ ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...