मध्यराती प्रचण्ड र प्रधानन्यायाधीशबीच गोप्य भेटबार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग गोप्य भेट गर्नुभएको छ । सत्तारुढ गठबन्धनका प्रमुखमध्येका एक नेता प्रचण्डले बुधवार साँझ प्रधान न्यायाधीश जवरासँग बालुवाटारस्थित सरकारी निवासमै एक्लै भेटबार्ता गर्नुभएको हो ।

सुरक्षास्रोतले  दिएको जानकारीअनुसार माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटारबाट सोही कम्पाउण्डमै रहेको प्रधानन्यायाधीशको निवासमा छिर्नुभएको थियो । शीर्ष नेताको छलफलपछि प्रचण्ड एक्लै प्रधानन्यायाधीशको निवासमा जानुभएको थियो ।

स्रोतका अनुसार प्रचण्ड कात्तिक १५ गते माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईबिरुद्ध बालुवाटार जग्गा प्रकरणमा हुने फैसलासहित सरकारले गर्ने सवै काममा न्यायालयको साथ चाहियो भन्दै प्रधानन्यायाधीश भेटन पुग्नुभएको हो । अदालतमा अहिले पनि सत्ता गठबन्धनसँग सम्बन्धित मुद्दाहरु विचाराधीन छन् । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम गाँसिएको मुद्दाको फैसलाको मितिसमेत कात्तिक १५ गतेका लागि तोकिएको छ । सो मुद्दा राणा आफैंले हेर्नुभएको छ ।

यस्तै माधव नेपालसहित १४ जना सांसदमाथिको कार्वाहीको बिषयमा सभामुखले कानून बाहिर गएर लिनुभएको निर्णयको बिषय पनि अदालतमा बिचाराधीन रहेको छ । अदालतको पमादेशबाट बर्तमान सरकार बनेको कारण यो सरकारले गर्ने हरेक मामलाई न्यायालयले आँखा चिम्लिेर सहयोग गर्नुपर्ने र त्यसबापत आफुहरु प्रधानन्यायाधीश र न्यायाधीशहरुको बिषयमा दह्रोसँग उभिने प्रस्ताव पनि प्रचण्डले राख्नुभएको स्रोतले बताएको छ ।

प्रचण्ड संबैधानिक अंगका नियुक्तिसमेत खारेज गरेर आफ्ना मानिस भर्ना गर्ने अभियानमा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले संबैधानिक निकायका नियुक्ति फेरबदल गर्दा अदालतले खारेज गर्ने बताउनु भएपछि अदालत म मिलाउँछु भन्दै प्रचण्ड प्रधानन्यायाधीश निवास जानुभएको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...