सुदूरपश्चिमलाई बाढी पहिरो सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्न माग



 

 

 

गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले आज बुधबार भेट गरी सुदूरपश्चिम प्रदेशमा चार दिनदेखिको बाढी पहिराले मानवीय तथा धनजनको ठुलो क्षती गरेकाले उक्त क्षेत्रलाई सङकट ग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । सुदूरपश्चिम प्रदेशका माननीयमन्त्री दीर्घ सोडारी, सांसद शेरबहादुर कुवँर, पूर्व सांसद हर्कबहादुर सिंह, पूर्वीँचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, नेकपा (एकिकृत सममाजबादी) केन्द्रिय सदस्य वीरेन्द्र भण्डारी तथा नागरिक समाजका प्रतिनिधीहरु सूर्य श्रेष्ठ, रमण श्रेष्ठ, धनबहादुर ओली लगायतकाले भेट गरी सुदूरपश्चिम प्रदेशमा बाढी पहिराले ठुलो क्षती गरेका कारण राहत तथा उद्धारका लागि तत्कालै राज्यका सबै निकाएलाइ परिचालन गर्न माग गरेका हुन् ।
यसैगरी उक्त टोलीले बाढी पहिराले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बाजुरा, बैतडी तथा डोटीमा अहिले पनि नागरिकहरु अलपत्र परेका तथा कतिपयका घरबार बिहिन भएर बास बस्नका लागि पनि समस्यामा परेकाले स्थलगत मार्गबाट उद्धार हुँन नसकेकाले हवाइ मार्गबाट जतिसक्दो चाडो उद्धारका लागि पहल गर्न माग गरेका छन् । सुदूरपश्चिमका नौ जिल्ला मध्ये सबै भन्दा बढी मानवीय क्षती बझाङ तथा डोटीमा भएको उक्त टोलीका प्रमुख तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले गृहमन्त्री खाँण समक्ष जानकारी दिनु भएको थियो । मन्त्री आलेले सुदूरपश्चिम बाढी पहिराका कारण अहिले निकै आहालमा डुबेकाले तत्कालै राज्यले आफ्नो उपस्थिती देखाउनु पर्ने माग राख्नु भएको थियो ।
यसैगरी अछामबाट निर्वाचित नेकपा (एकिकृत समाजबादीका) सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिमका पीडित नागरिकको आलो घाउमा महलम लगाउनलाई भएपनि राज्यले तत्काल उद्धार तथा राहतको व्यवस्था गर्नु पर्ने माग राख्नु भएको थियो । गृहमन्त्री बालकृष्ण खाँणले सुदूरपश्चिम सहित पूर्वी नेपालका बिभिन्न ठाउँमा बाढी र पहिराले निकै ठुलो मानवीय तथा जनधनको क्षती पु¥याएकाले पूर्वी नेपालका क्षती भएका ठाउँहरु सहित सुदूरपश्चिम प्रदेशलाई बाढी पहिरो सङकट ग्रस्त क्षेत्र घोषणा गरिने आस्वासन दिनुभयो । उहाँले भन्नुभयो, “अहिले बाढी पहिराले सबै ठाउँमा तहस नहस गरेको छ, क्षती भएका ठाउँमा राहत र उद्धारमा खटिउ, त्यसपछि धेरै क्षती भएका ठाउँहरुलाई सङकट ग्रस्त क्षेत्र घोषणा गर्ने छौँ ।”

 

सोही क्रममा मन्त्री खाँणले बाढी पहिरोमा परि मृत्यु भए प्रति परिवारलाई रु दुई लाख र एक जनाभन्दा बढी गुमाउनेलाई प्रति मृतक थप रु एक लाख रुपैयाँका दरले राहत दिने निर्णय भएको जानकारी दिनुभयो । यस्तै बाढी, पहिरोमा परि घाइते भएकाहरूको निःशुल्क उपचार,बाढी, पहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने र बन्द रहेका सडक, विद्युत् र सञ्चारलाई सुरु गर्न उपकरण र जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो । गृहमन्त्री खाणले सरकारले बाढी, पहिरोमा जमिन र घर गुमाएकालाई पनि राहत दिने र पहिरोले जमिन नै बगाएकालाई सरकारले नै जग्गा खोजी गरेर दिने जानकारी समेत दिनुभयो । घर निर्माणकालागि हिमाली क्षेत्रमा रु तीन लाख, पहाडमा रु चार लाख र तराईमा रु पाँच लाख रुपैयाँ दिने सरकारी मापदण्डअनुसारको रकम दिने सरकारले निर्णय गरेको छ ।
भोली बिहिबार सुदूरपश्चिमको बाढी पहिरो प्रभाबित क्षेत्रको अनुगमन तथा ती क्षेत्रका नागरिकलाई परेका समस्या र तत्काल गर्न सकिने सहयोगको अनुगमनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले सहितको टोली सुदूरपश्चिम जाने तयारी भएको जानकारी दिनुभयो । बाढी पहिराका कारण सुदूरपश्चिम प्रदेशमा अहिले सम्म कम्तीमा पनि दुइ दजर्नले ज्यान गुमाइसकेको बताइएको छ ।  विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ