नेपालमाथि नाकाबन्दी लगाउने योजनाकार ‘रञ्जित रे’ को रात्री भोजमा को को जाँदैछन



हाम्रो इकोनोमि

 

 

नेपालमाथि ६ महिना लामो नाकाबन्दी लगाउने योजनाका एक जना मुख्य व्यक्ति तत्कालीन भारतीय राजदूत रञ्जित रे ले यही अक्टोबर २५ तारिक अर्थात कात्तिक ८ गते सोमबार रात्री एउटा रात्री भोजको आयोजना गरेका छन ।

रेको भोजका निम्ति नेपाल सरकारका मन्त्रीहरू र सत्तारूढ दलका केही नेताले निमन्त्रणा समेत पाइसकेका छन । रेको भोजका लागि भारतीय दूतावासले निमन्त्रणा पठाएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको नाममा नेता र मन्त्रीलाई निमन्त्रणा पत्र पठाइएको छ ।

नेपाल सरकारका एकजना मन्त्रीले आफूले पनि इमेल मार्फत निमन्त्रणा पाएको तर जाने वा नजान्ने भन्न विषयमा कुनै निर्णय नगरेको जानकारी दिए । भारतीय दूतावास स्रोतले तीन दर्जनका लागि निमन्त्रणा पठाइएको जनाएको छ । रे को नेपाल भ्रमण र उनले गर्न लागेको रात्रीभोजले विभिन्न शंकाहरू जन्मिएका छन ।

पछिल्लो सयम नेपालका राजनीतिक दलहरूले नै संविधानमाथि आक्रमण गरिरहेको र संविधान भन्दा माथि रहेर राजनीतिक बलमा अराजकता मच्चाउने काम गरिरहेको र सर्वोच्च अदालत समेत सेटिङमा चलिरहेको भनेर प्रमाणित नै गरिरहेको अवस्थामा संविधान जारी हुनबाट रोक्न हरप्रयास गर्ने रेले फेरि चलखेल सुरू गरेका छन ।

रेको रात्री भोजमा निम्ता पाएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू को को जान्छन भन्ने खोजीको विषय बनेको छ । रेको भोजमा नेपाली कांग्रेस र नेकपा एकीकउत समाजवादीको कोटामा मन्त्री बनेकाहरू जाने तयारीमा छन माओवादीको कोटामा मन्त्री बनेका केही भने भोजमा नजाने तयारीमा छन । यद्पी उनीहरूले प्रचण्डसँग सल्लाह गरेर दूतावासको भोजमा जाने कि नजाने भन्ने निर्णय गर्नेछन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...