१६ हजारमा आउने ‘ग्यालेक्सी ए–०३ एस’ मा के छन् विशेषता ? (भिडिओ रिभ्यु)



हाम्रो इकोनोमि

 

 

सामसङले गत अगस्ट १८ मा नयाँ स्मार्टफोन ग्यालेक्सी ए–०३ एस सार्वजनिक गरेको थियो। गत वर्ष ए–०२ एस स्मार्टफोनले बजारमा राम्रो व्यापार गरेपछि कम्पनीले आफ्नो ग्यालेक्सी ए सिरिजअन्तर्गत ए–०३ एस ल्याएको हो।

यो फोन केही समयअघि नेपालमा पनि सार्वजनिक भएको थियो। आज हामी यही ग्यालेक्सी ए–०३ एसका फिचरबारे कुरा गर्नेछौं। सुरूमा फोनको डिजाइन र डिस्प्ले हेरौं। ग्यालेक्सी ए–०३ एसको डिजाइन ठिकठाक नै छ। यसको दायाँतिर भोल्युम अप-डाउन बटन र पावर बटन छ।

बायाँतिर भने डुअल सिम स्लट देख्न सक्छौं। यसको पछाडि भाग म्याट टेक्स्चरको छ र यता हामीले तीनवटा क्यामरा पनि देख्न सक्छौं। तलतिर भने हेडफोन ज्याक र स्पिकर छ।

यो फोनको तौल जम्मा १९६ ग्राम छ। यो हातमा समात्न हलुका र सजिलो छ। ग्यालेक्सी ए–०३ एसमा ६.५ इन्च एचडी प्लस डिस्प्ले छ। डिस्प्लेको माथितिर हामीले इन्फिनिटी–भी पनि देख्न सक्छौं। क्यामराबारे कुरा गर्दा, यो फोनमा तीनवटा क्यामरा छ जसमा १३ मेगापिक्सलको मुख्य क्यामरा, २ मेगापिक्सलको म्याक्रो क्यामरा र २ मेगापिक्सलको डेप्थ क्यामरा छ।

यसको अगाडि भने ५ मेगापिक्सलको सेल्फी क्यामरा छ। क्यामरामा रहेको अन्य फिचरमा प्रो मोड, फुड मोड, म्याक्रो मोड र हाइपरल्याप्स छ। मिडियाटेक हेलियो पी–३५ चिपसेट भएको यो स्मार्टफोनको पफर्मेन्स ग्यालेक्सी ए–०२ एस भन्दा राम्रो रहेको कम्पनीको दाबी छ।

अहिले हामीसँग भएको ग्यालेक्सी ए–०३ एसमा ३ जिबी र्‍याम र ३२ जिबी इन्टरनल स्टोरेज छ। बजारमा ४ जिबी र्‍याम र ६४ जिबी इन्टरनल स्टोरेज भएको मोडल पनि पाउन सकिन्छ। यो स्टोरेज माइक्रो एसडी कार्ड प्रयोग १ टिबीसम्म बढाउन सकिन्छ।

अब कुरा गरौं यसको ब्याट्री क्षमताबारे। ग्यालेक्सी ए–०३ एसमा ५००० एमएएचको ब्याट्री छ, जसमा १५ वाटको चार्जिङ पावर छ। सुरक्षाका लागि यो फोनमा फिंगरप्रिन्ट स्क्यानर पाउन सकिन्छ।

बजारमा ग्यालेक्सी ए–०३ एस कालो, निलो र सेतो गरेर तीनवटा रङमा उपलब्ध छ। स्मार्टफोनमा हुनुपर्ने लगभग सबै फिचर भएको यो फोनको मूल्य धेरै महँगो पनि छैन। ३ जिबी र्‍याममा ३२ जिबी इन्टरनल स्टोरेज भएको ग्यालेक्सी ए–०३ एसको मूल्य पन्ध्र हजार चार सय ९९ रूपैयाँ छ। ४ जिबी र्‍याममा ४२ जिबी इन्टरनल स्टोरेज भएको मोडलको मूल्य भने १६ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...