यो माओवादी पार्टी कति वर्षमा सकिएला : रामेश्वर खनाल



हाम्रो इकोनोमि

 

 

पूर्वअर्थसचिव रामेश्वर खनालले देशमा माओवादी सखाप नपारे नेपालीको जीवन सुखी नहुने जिकिर गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा बहसको सुरूवात गर्दै तात्कालीन नेकपा माओवादीका नेता डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहनुभएका खनालले माओवादीको नाटक लामो भएकाले अब सकिनुपर्ने बताउनु भएको हो ।

‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त,’ खनालले भन्नुभएको छ । उहाँले माओवदी कहिले सकिएला भन्ने विषयमा कसैको अनुमान भए त्यो पनि भन्न सुझाउनु भएको छ ।

खनालले आफ्नै प्रश्नको जवाफमा भैरहेको बहसमा सहभागी हुँदै फेरि अब माओवादी समाप्त नपार्ने हो भने उसले विकासका सारा काम रोक्ने बताउनु भएको छ । ‘राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक वित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ १,’ खनालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...